
काठमाण्डु, १५ फागुन – पोखराको नमस्ते व्याण्डले आज काठमाण्डुमा आफ्नो साँगीतिक प्रस्तुति देखाउने भएको छ ।
कुनै बेला नमस्ते व्याण्डले लोकपपमा आफ्नो बर्चश्व जमाएको थियो । पोखरेली भनेर चिनिने नमस्ते व्याण्डले आज भृकुटीमण्डपमा प्रस्तुति देखाउने छ । विदेशी र स्वदेशी गरि करिव एक दर्जन भन्दा धेरै गायक गायिकाले गीत गाउने छन् ।
‘सत्यता, एकता, सद्भाव, माया र शान्तिले हामीलाई बचाउन सक्छ’ भन्ने नारासहित संगीत महोत्सव गरिएको हो । महोत्सवमा राजेश पायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला, सत्यस्वरुप आचार्यलगायतले गाउने छन् ।
विदेशी र स्वदेशी कलाकारबीच सम्बन्ध बिकास गराउन कार्यक्रम गरिएको नमस्ते व्याण्डका गायक इश्वर गुरुङ्गले बताए ।