राप्रपा नेपालको नजिकको मित्र एमाओवादी !

काठमाण्डु टुडे २०७० फागुन १४ गते ६:५३ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, १४ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत माओवादी आफूहरुको सबैभन्दा नजिकको मित्र भएको बताएका छन् ।

संविधानसभा बैठकमा बुधबार बोल्दै थापाले दुबै दल प्रतिपक्षमा भएकाले एमाओवादी आफूहरुको सबैभन्दा नजिक रहेको बताएका हुन् ।

‘एमाओवादीसँग सिन्द्धान्त र विचार मिल्दैन त्यस हिसाबले सबैभन्दा टाढाको हो,’ थापाले भने, ‘तर, उहाँहरु र  हामी दुबै प्रतिपक्षमा छौं, यसरी हेर्दा भौगोलिक दुरीका हिसाबले एमाओवादी सबैभन्दा नजिकको भएको छ ।’

एमाओवादीलाई छिमेकीको संज्ञा दिँदै उनले छिमेकीसँग राम्रो सम्बन्ध राख्ने पक्षमा आफू रहेको बताए । ‘धेरै कार्यमा सहकार्य गरेर जानुपर्ने हुनसक्छ,’ थापाले भने, ‘छिमेकीसँग राम्रो सम्बन्ध राखेर अघि बढ्ने पक्षमा छौं ।’

बैगुनीलाई गुनले मार्नुपर्छ भन्दै थापाले संविधानसभाको उपाध्यक्षमा एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई आफ्नो समर्थन रहेको प्रष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us