आमाघरकी दिलशोभालाई यौनदुराचारको आरोप

काठमाण्डु टुडे २०७० फागुन १४ गते २:२० मा प्रकाशित

dilकाठमाण्डु, १४ फागुन – आमाघर चलाएर चर्चामा आएकी दिलशोभा श्रेष्ठको आश्रयको असली पर्दा उघ्रेको छ । काठमाण्डुको रविभवनमा ‘आमाघर’ चलाएकी दिलशोभा श्रेष्ठ यौन दुराचारमा संलग्न भएको तथ्य बाहिर आएको छ ।

बृद्धा र बालबालिका गरि ७३ जनाको संरक्षण र स्याहार गर्दै आएकी दिलशोभाले आश्रितलाई अरुको घरमा काम गराउन र रात बिताउन पठाउंदै आएको मिडियामा सार्वजनिक भएको छ । उनको मोवाइल रेकर्ड संवादले यो तथ्य खुलेको हो ।

दिलशोभाले फोनमा रेकर्डमा यस्तो भनेकी छन, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ।

यसैका आधारमा दिलशोभामाथि प्रहरी, जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बालकल्याण अनुसन्धानमा लागेका छन् । जिल्ला प्रशासनले केही दिनदेखि उनको बयान लिइरहेको छ । दिलशोभाले भने आफू शुद्ध मनले सेवामा लागेका बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us