
काठमाण्डु, फागुन – पोर्न स्टार सन्नी लियोन हाल बलीउडमा आफ्नो भविष्य खोज्न व्यस्त छिन् ।
बलीउड आएसँगै उनको लोकप्रियता यसरी बढेको छ कि, तपाईं अन्दाजसमेत लगाउन सक्नुहुन्न ।
उनको लोकप्रियता क्रिकेटका भगवान मानिने सचिन तेन्दुल्कर (भारतरत्न प्राप्त)कोभन्दा बढी देखिएको छ ।
सन्नीलाई इन्टरनेटमा सचिनलाई भन्दा कैयन गुणा ज्यादा खोजिने गरेको एक तथ्यले देखाएको छ ।
सन्नीको आधिकारिक ‘मोवाईल एप्स’ तीन लाख भन्दा बढी पटक डाउनलोड भइसक्दा सचिनको ‘एप्स’ करिव १ लाख पटकमात्रै डाउनलोड भएको छ ।
सन्नी मोवाईल एप्लिकेशनको दुनियामा सबैभन्दा अघि देखिएकी छिन् । भारतीय स्टारहरुलाई पछि पार्दै सन्नीको मोवाईल ‘एप्स’ सन २०१३ मा सबैभन्दा बढी डाउनलोड भएको थियो ।