बाबुराम अब पाँच तारे होटल नजाने

काठमाण्डु टुडे २०७० फागुन २ गते १०:०५ मा प्रकाशित

Baburamकाठमाण्डु, २ फागुन – पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले पाँच तारे होटलमा हुने कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।

पाँचतारे होटलमा कार्यक्रम आयोजना गरी फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न डा. भट्टराईले त्यस्तो निर्णय गरेको उनका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिए ।

उनले मितव्ययी जीवनशैली अंगीकार गर्ने उद्देश्यले यस्तो निर्णय गरेका हुन् । भट्टराईले अन्तराष्ट्रिय स्तरका र कुटनीतिक नियोगसँग सम्बन्धित कार्यक्रममा भने आफू पाँचतारे होटल जानसक्ने प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री हुँदा मुस्ताङ गाडी चडेर चर्चामा आएका भट्टराईले केही दिन अघि संविधान जारी नहुँदासम्म लाभको पदमा नबस्ने घोषणासमेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us