नयाँ सरकार बनेसँगै पानीको मूल्यमा दोब्बर वृद्धि

काठमाण्डु टुडे २०७० फागुन १ गते ४:३९ मा प्रकाशित

काठमाण्डु, १ फागुन– सरकार परिवर्तनसँगै खानेपानीको महशुलमा दोब्बर वृद्धि भएको छ ।
pani काठमाण्डुसहित सहरी क्षेत्रका उपभोक्ताले खानेपानीका लागि आजदेखि यसअघिको भन्दा दोब्बर बढी तिर्नुपर्नेछ । काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका अनुार अबदेखि उपभोक्ताले १० हजार लिटर पानीका लागि १ सय १० रुपैयाँ तिर्नुपर्ने छ ।

यसअघि १० हजार लिटर पानीको मूल्य ५० रुपैयाँ थियो । यस्तै सरकारी धारा र निजी ट्याङकरको पानीको मूल्यसमेत उही हाराहारीमा बढेको छ । १ हजार ३ सय ३० रुपैयाँमा ५ हजार लिटर पानी पाउँदै आएका उपभोक्ताले अब १ हजार ९ सय ५० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us