
काठमाण्डु, माघ – भारतीय जनता पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीको चर्चा राजनीतिमा मात्र होईन बलीउडमा पनि उत्तिकै हुने गरेको छ । नरेन्द्र मोदीसँग फिदा हुनेहरुको संख्या बलीउडमा बाक्लै छ ।
यस्तै लिष्टमा अहिले नयाँ नाम थपिएको छ, उनी हुन् ‘मेघना पटेल’ । मोडल तथा अभिनेत्री पटेलले मोदीको नाममा बोल्ड फोटोसुट गराएकी छिन् । मेघनाले कमलको फूलको बीचमा बसेर फोटो सुट गराएकी छिन् जुन भारतीय जनता पार्टीको चुनाव चिह्न समेत हो ।
यी तस्विरहरु सोसल मिडियमा भाईरसजस्तै फैलिसकेको छ ।
कतिपयले यसलाई भाजपाको घटिया चुनावी प्रचारको रुपमा लिएका छन् । फेसबुक, ट्विटरमा चर्काे आलोचना पछि महाराष्ट्र बीजेपीले प्रचारको यस्तो तरिकाप्रति आपत्ति जनाएको छ ।
यदि मोदीले पनि आफ्नो नामसँग जोडेर यस किसिमको प्रचार नरुचाएको खण्डमा कानुनी कारबाहीमा जान सक्ने कानुनका जानकारहरुले बताएका छन् ।