
धनगढी, २७ माघ । कैलालीको श्रीपुर गाविस–६ स्याउलेमा आज से १ त ३१९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ढुङ्गा लिन नदीतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनाबाट त्यसमा सवार बेलादेवीपुर गाविस–३ का १२ वर्षीय चन्द्र रानाको मृत्यु भएको हो ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । गुडिरहेको अवस्थामा अगाडिको पाङ्ग्राको बेरिङ अचानक भाँचिएपछि उक्त ट्रयाक्टर सडकमै पल्टिएर दुर्घटना भएको बताइएको छ । रासस