कोइराला नेतृत्वको सरकारका प्राथमिकता

काठमाण्डु टुडे २०७० माघ २७ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, माघ – सुशील कोइराला प्रधानमन्त्री भएसँगै उनले आफ्नो सरकारका प्राथमिकताहरु पनि सार्वजनिक गरेका छन् ।

कोइरालाले समयमै संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

-शान्ति प्रक्रियाका सन्दर्भमा विगतमा भएका समझदारी गर्ने प्रतिवद्धता जनाउँदै बाँकी भएका कामहरु सम्पन्न गर्ने

-एक वर्षभित्र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सहयोग पुर्‍याउने

-६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने

-आर्थिक सम्वृद्धि र सामाजिक न्यायका पक्षमा साझा नीति तथा कार्यक्रम निर्माण गर्ने

-महंगी नियन्त्रण गर्ने

-बन्द चक्काजाम हडताललाई निरुत्साहित गर्ने

-द्वन्द्वपीडितलाई राहत पुर्‍याउने

-शान्ति सुव्यवस्था कायम गर्दै विधीको शासनको सुनिश्चिता कायम गर्ने

-स्वदेशी तथा विदेशी लागनीको वातावरणमा सुधार ल्याउने

-भौतिक पूर्वाधर र समाजिक सेवाका संरचनाहरुको निर्माणलाई गति दिने

-छिमेकी मुलुकहरु भारत र चीन तथा अन्य मित्र राष्ट्रसँगको सम्वन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै वैदेशिक सम्वन्ध विस्तार गर्दै राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने

-राजनीतिक दलहरुबीच निरन्तर सम्वाद, एकता, सहमति र सहकार्यको भावना साथ अघि बढ्ने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us