
काठमाण्डु, २३ माघ – हिमालयन शेर्पा र सरस्वती क्लवले बराबरी खेलेपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा पुग्न असफल भएका छन् ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि हिमालयन शेर्पा र सरस्वती सुपर सिक्समा पुग्न असफल भएका हुन् ।
१ खेल खेल्न बाँकी रहेको मच्छिन्द्र र सबै १२ खेल खेलेको हिमालयन शेर्पाको समान १६ अंक रहेको छ । अब मच्छिन्द्रले जाउलखेलसँग खेल्न बाँकी छ ।
मच्छिन्द्रलाई ८ भन्दा बढी गोल अन्तरले हराएको खण्डमा जाउलाखेलको पनि सुपर सिक्समा पुग्ने संभावना कायम छ ।
मनाङ मर्स्याङ्दी क्लव, थ्री स्टार क्लव, नेपाल पुलिस क्लव, संकटा क्लव र सशस्त्र प्रहरीको एपिएफ क्लबले यसअघि नै सुपर सिक्समा स्थान बनाइसकेका छन् ।