
काठमाण्डु, २२ माघ – आउँदो फागुनको अन्तिम साता बंगलादेशमा सुरु हुने ट्वान्टी–ट्वान्टी विश्वकप अघि नेपालले दुई वटा अभ्यास खेल खेल्ने भएको छ ।
इन्टरनेशनल क्रिकेट काउन्सिल आइसिसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले फागुन २८ गते आयरल्याण्डसँग र फागुन ३० गते युएईसँग अभ्यास खेल्ने भएको हो ।
नेपालको अभ्यास खेल फतुल्लाहमा हुने छ ।
प्रतियोगिता भने नेपालले चैत २ गते हङकङसँग, ४ गते बंगलादेशसँग ६ गते अफगानिस्तानसँग खेल्ने छ ।
यो समूहको विजेता सुपर १० मा पुग्ने छ र भारत, पाकिस्तान, अष्ट्रेलिया र वेष्टइण्डिज रहेको ग्रुपमा पुग्नेछ ।