
काठमाण्डु, माघ – एक्काईस वर्षिया पप स्टार माईली बारम्बार चर्चामा आईरहन्छिन् । उनले यसै साता सोसल मिडयामा शेयर गरेको एउटा तस्विरले हङ्गामा मच्चिएको छ । जसका कारण पुलिसलेसमेत केही समय ठूलै हैरानी ब्यहोर्नुपर्यो ।
तस्विरमा उनी मात्र भित्रीबस्त्र (पेन्टी)मा देखिएकी थिइन् । जसमा ओठको चित्रसमेत कोरिएको थियो ।
उनलाई यो तस्विरका कारण आफ्नो ज्यान समेत खतरामा पर्न सक्छ भन्ने थाहा थिएन । उनले त आफ्नो पूरानै शैलीमा अन्य विभिन्न पोजको फोटोहरु समेत सार्वजनिक गरेकी थिईन् ।
माईलीका तस्विरहरु इन्टरनेटहरुमा फैलिन थालेसँगै उनीमाथि हमला हुनसक्ने लगायतका अफवाहहरु पुलिसकहाँ पुग्न थाले ।
जसलाई मध्यनजर गर्दै माईलीको सुरक्षाको लागि पुलिस फोर्स नै खटियो । उनको घर बाहिर पुलिसहरु अलर्ट पोजिसनमा खटिएका थिए ।
यद्यपी सबै ठिकठाक देखेपछि पुलिसले चैनको श्वास फेरेको थियो । स्थिति भयाबह हुनसक्ने कुरालाई मध्यनजर गर्दै पुलिसले हेलिकप्टरमा समेत फोर्स परिचालन गरेको थियो । पुलिसले समयमै सावधानी अपनाएकाले उनलाई केही हुन नपाएको बताइएको छ ।