६ पटकको विजेता आरसिटी रेलिगेसनमा

काठमाण्डु टुडे २०७० माघ १९ गते ९:२२ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १९ माघ – ६ पटकको ए डिभिजन लिग विजेता आरसिटी रेलिगेसनमा परेको छ ।

आइतबारको खेलमा जाउलाखेल युथ क्लवसँग एक शून्यले पराजित भएसँगै आरसिटी रेलिगेसनमा परेको हो ।

११ खेलबाट ४ अंक जोडेको आरसिटी तालिकाको पुछारमा छ । आरसिटीले अब दुई खेल खेल्न बाँकी छ ।

लिगको सुरुमै तीन अंक ऋण बोकेर लिग सुरु गरेको आरसिटीले दुई जित र एक बराबरीको नतिजा निकाल्यो । यस पटक आरसिटी र ब्वाइज युनियन रेलिगेसनमा परे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us