
काठमाण्डु, माघ – बलिउड स्टार सलमान खान बारम्बार प्रेमिका बदलिरहन्छन् । उनको विगतलाई केलाउने हो भने जुनसुकै समय कुनै न कुनै प्रेमिकाको साथ अफेयरमा रहेको पाईन्छ । उनका प्राय प्रेमिका फिल्ममा सँगै काम गरेका नायिकाहरु हुन्छन् ।
जरीन खानदेखि कट्रीना कैफसम्मलाई उनले नै बलिउडमा स्थापित गराएका हुन् ।
अहिले यिनै सलमान स्नेहा उलालसँग अफेयरमा रहेको चर्चा चल्न थालेको छ । स्नेहाको अनुहार लगभग ऐश्वर्या रायसँग मिल्छ । ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानले स्नेहालाई आफ्नो जिन्दगीमा लिएर आएका थिए ।
स्नेहासँगै सलमानले अभिनय गरेको फिल्म ‘लक्की नो टाईम फर लभ’ फ्लप भएको थियो । स्रोतका अनुसार सेलिब्रेटी क्रिकेट लीगका अवसरमा स्नेहा र सलमानको फेरि भेट भएको हो ।
दुबैजना गोप्य वार्तालाप गरिरहेको भेटिएका थिए । यससँगै बलिउडमा यस्तो हल्ला चल्न थालेको छ कि, ‘सलमानले स्नेहालाई फेरि आफ्नो नयाँ फिल्ममा मौका दिन सक्छन् ।’
यससँगै सलमानसँगै ‘जय हो’ फिल्ममा काम गरेकी नायिका डेजी शाहसँगको सम्बन्ध भने विस्तारै टाढिएको अनुमान गरिएको थियो । उनले सलमानको पे्रमीका भएकै नाताले ‘जय हो’ मा काम गर्ने मौका पाएकी थिइन् ।
कट्रीनालाई अझै भूलेका छैनन् सलमानले
सलमानको जिन्दगीमा कैयन प्रेमिका आए–गए तर, कट्रीना कैफसँग उनको अलि गहिरो सम्बन्ध थियो । त्यसैकारण उनले कट्रीनालाई अझै भूलेका छैनन् ।
अझै पनि सलमानको अघि कसैले कट्रीनाको कुरा गर्यो भने उनको मुहारमा अनौठो परिवर्तन देखिन्छ ।
उनले कैयन पटक भनिसकेका छन्, ‘कट्रीना मेरो जीवनबाट कसरी आउट भईन् म आफैंलाई पनि थाहा छैन ।’
उता कट्रीना भने हाल नायक रणबीर कपूरसँग प्रेम सम्बन्धमा छिन् ।