विश्व कुष्ठरोग दिवस मनाइदै

काठमाण्डु टुडे २०७० माघ १२ गते २:१७ मा प्रकाशित

काठमाण्डु, १२ माघ– ‘भेदभावको अन्त्य र प्रभावितको पुनःस्थापना, कुष्ठरोग मुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ आइतबार ६१ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले बिभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

नेपालले कुष्ठरोगलाई जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमा निवारण भैसकेको घोषणा गरे पनि देशका बिभिन्न भागमा अझै पनि कुष्ठरोगी देखा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us