
काठमाण्डु, ७ माघ – नेपाल पुलिस क्लव राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थनामा उक्लिएको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा सरस्वती युथ क्लवलाई १–० गोलअन्तरले पराजित गरेको पुलिस १४ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको हो । पुलिसको जितमा जुमानु राईले ३९ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो ।
पुलिसले ७ खेल खेलेको छ भने, ६ खेल खेलेको मनाङ मस्र्याङ्दी क्लव १३ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।सात खेल खेलेको सरस्वतीको ७ अंक मात्रै छ ।
यस्तै मंगलबार नै भएको अर्काे खेलमा फ्रेण्ड्स र संकटाले एक–एक गोलको बराकारी खेलेका छन् ।