
काठमाण्डु, माघ – आफ्नो भर्जिनिटी (कुमारीत्व) लिलामीमा राखेर विश्वभर चर्चामा रहेकी ब्राजिलियन छात्रा कट्रीना मिलिओरिनीले लिलामीको तिथि तेस्रो पटक सारेकी छिन् ।
भर्जिन्स वान्टेड डट कम नामको वेबसाईटमार्फत आफ्नो कुमारीत्व लिलामीमा राखेकी उनले फेबु्रअरी १२ का लागि नयाँ तिथि घोषणा गरेकी हुन् ।
आफूलाई ४ लाख ४० हजार (करिव ४ करोड नेपाली रुपैयाँ) को अफर आईसकेको दावी गर्दै उनले अझै ठूलो अफर आउने सम्भावना रहेकाले तिथि सारेको दावी गरेकी छिन् ।
२३ वर्षिया ब्राजिलियन छात्रा कट्रीनाले आफूलाई विबाहको प्रस्ताव पनि आइरहेकाले तिथि सारेको संकेतसमेत गरेकी छिन् । उनका अनुसार एक अरबीयन अर्बपतिले उनलाई विबाहको प्रस्ताव गरेका छन् ।
३५ देखि ४० वर्ष उमेरका अरबीयन अर्बपति सारै सुन्दर र रमाईलो पनि रहेको उनको दावी छ । कट्रीनाले यो पनि बताएकी छिन् कि, ‘ऊ अरबमा एक सानदार घरमा बस्छ ।’