चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० पुष २८ गते २:०८ मा प्रकाशित

English-Premier-leagueकाठमाण्डु, २८ पुस–लगातार हारको श्रृङ्खलालाई अन्त्य गर्दै म्यानचेस्टर युनाईटेडले शनिबार रातिको प्रिमियर लिग खेलमा विजय हात पारेको छ । जीतसँगै म्यानयुले १९६१ पछि लगातार ४ खेलमा हार बेहोरेको रेकर्ड बनाउनबाट आफूलाई रोकेको छ ।

पछिल्लो तीन खेलमा कमजोर टोलीहरुसँग अप्रत्यासित हार बेहोरेको म्यान युले स्वान्सीलाई २–० ले पराजित गर्यो । घरेलु मैदानमा पछिल्लो ६ खेलमा ४ खेल हारेको म्यान यूको घरेलू मौनमा हारको श्रृङ्खलामा पनि यो जीतसँगै रोकिएको छ । घरेलु मैदानमा म्यान युलाई लगभग दुर्लभ जस्तै बनेको जीत दिलाउन ईक्वेडोरका खेलाडी एन्टेनियो भेलेन्सीयाको खेलको ४७ औं मिनेटको पहिलो गोल निकै महत्वपूर्ण रह्यो । म्यान युको जीत शुनिश्चित गर्ने क्रममा अर्को गोल खेलको ५९ औं मिनेटमा घरेलु खेलाडी ड्यानी वेलबेकले गरे ।

शनिबार राति नै भएको अर्को खेलमा हल सिटीलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै चेल्सी यस वर्ष पहिलोपटक लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीलाई जीत दिलाउने क्रममा बेल्जियमका एडन हाजार्ड र स्पेनका फर्नान्डो टोरेसले एक–एक गोल गरे । पहिलो हाफ बराबरीमा रहेकोमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

चेल्सी भन्दा एक खेल कम खेलेको र यसअघि शीर्ष स्थानमा रहेको आर्सनल चेल्सी भन्दा एक अंक कमका साथ तालिकाको दोस्रो स्थानमा छ ।
शनिबार राति नै भएका अन्य खेलमा वेस्ट ह्याम, एभर्टन, सन्डरल्याण्ड, साउथ ह्याम्प्टन र टोटेनह्याम पनि विजयी भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us