
बनेपा, २३ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल बसपार्कबाट चालकसहित शङ्कास्पद एक गाडीलाई नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोकको तातोपानीबाट आउँदै गरेको बा ७ च ७०११ नं को बलेरो गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिए । रासस