कुखुरा ओसारपसार प्रतिबन्ध फुकुवा

काठमाण्डु टुडे २०७० पुष २३ गते ११:१७ मा प्रकाशित

Birdfluकाठमाण्डु, २३ पुस– पशुसेवा निर्देशनालयले विभिन्न जिल्लामा लगाएको जीवित पंक्षीको ओसारपसार लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।

काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे, रुपन्देही, सिन्धुपाल्चोक, मकवानपुर, कास्की, नवलपरासी जिल्लामा प्रतिबन्ध फुकुवा गरेको निर्देशनालयले जनाएको छ ।

उपत्यका लगायतका जिल्लामा देखा परेको बर्डफ्लु नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको थियो । मध्यमाञ्चल विकास क्षेत्रका क्षेत्रीय पशुसेवा निर्देशक डा दामोदर सेढाइँले विभिन्न जिल्लामा कृषक तथा कुखुरा व्यवसायीले पूर्ववत् रुपमा कुखुरापलान व्यवसाय सुरु गरिसकेको जानकारी बताए ।

उपत्यकाभित्रका जिल्लामा एक्कासी बर्डफ्लु देखा परेपछि यसको नियन्त्रणका लागि विभागले गत साउन ३० गते बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गर्ने काम गरेको थियो ।

विभागले पुस ३ गतेबाट लागू हुनेगरी उपत्यकालगायत ती जिल्लाबाट बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र घोषणा प्रतिबन्ध फुकुवा गरेको छ निर्देशक सेढाइँले जानकारी दिए ।

पटकपटक पक्षीमा बर्डफ्लु देखा परेको भन्दै विभागले पहिलो पटक पक्षीजन्य व्यवसायलाई थप व्यवस्थित बनाउन ‘पक्षीपालन निर्देशिका २०७०’ तयार पारेको छ । निर्देशिकामा सुरक्षित रुपमा पक्षीपालनसम्बन्धी नीति रहेको र यसलाई व्यवसायीले सकारात्मक रुपमा लिएको विभागको ठम्याइ रहेको छ ।

गत साउन २ गतेदेखि असोज ३ गतेसम्म १२ जिल्लामा १ सय २८ पटक बर्डफ्लु रोग देखा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us