
काठमाण्डु, पुस – आमिर खानको नयाँ फिल्म ‘धूम–३’ले बलिउडमा सर्वाधिक कमाईको रेकर्ड राखेको छ । गत २० डिसेम्वरमा रिलिज भएको ‘धूम–३’ ले हालसम्म ५ सय करोडभन्दा बढि कमाएको छ ।
फिल्म निर्माता यशराज ब्यानरले सोमबार पत्रकारसम्मेलन गरि दिएको जानकारी अनुसार ‘धूम–३’ले हालसम्म ५ सय १ दशमलव ३५ करोड रुपैयाँ कमाएको छ । बलिउडमा ५ सय करोडको आँकडा पारे गर्ने ‘धूम–३’ पहिलो र एकमात्र फिल्म हो ।
यशराज फिल्म्सका प्रवक्ताका अनुसार १७ दिनको अवधीमा ‘धूम–३’ले भारतमा ३ सय ५१ दशमलव २९ र विदेशमा १ सय ५० दशमलव ०६ करोड कमाएको छ ।
अब यस फिल्मलाई जर्मनी, पेरु, रोमानिया, जापान, रुस तथा तुर्कीमिनिस्तानमा पनि रिलिजको तयारी गरिएको छ । बलिउडकै सर्बाधिक ठूलो रिलिज मानिएको यस फिल्म एक पटक ४५०० स्क्रीनमा रिलिज भएको थियो ।
विजयकृष्ण आचार्यले निर्देशन गरेको यस फिल्ममा आमिर खानका अलावा अभिषेक बच्चन, उदय चोपडा र कट्रीना कैफ मूख्य भुमिकामा देखिएका छन् ।