
तेलुगु फिल्मका ‘ह्याट्रिक हीरो’को उपमा पाएका अभिनेता उदय किरनले आत्महत्या गरेका छन् । उनले श्रीनगर कोलोनीस्थित आफ्नै फ्ल्याटमा आइतबार राती आत्महत्या गरेका हुन् ।
कोठामा बेहोस अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उदय किरनले अक्टुर २०१२ मा विशिथासँग विहे गरेका थिए । तेलुगु अभिनेता उदयले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
३४ बर्षीय उदयले दुई दर्जनभन्दा बढि फिल्म खेलेका छन् । यीनको लगातार तीन वटा फिल्म सुपरहिट भएपछि ‘ह्याट्रिक हिरो’ उपनाम दिइएको थियो । उनले बलिउडको सबैभन्दा प्रसिद्ध फिल्म फेयर अवार्ड पनि जितेका छन् ।
उदयका ६–७ वटा फिल्म भने फ्लप भएका थिए । सायद त्यही भएर उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यसको पुष्टि भने भएको छैन ।
उदयले खेलेका ‘चित्रम’, ‘नुभु नेनु’, ‘मनसान्त नुभे’ र ‘नी स्नेहम’ नामका तेलुगु फिल्म चर्चित छन् । उनको अन्तिम फिल्म भने ‘जय श्रीराम’ हो ।