
काठमाण्डु, २२ पुस–बंगलादेशमा विपक्षी पार्टीहरुले सोमबारदेखि दुई दिने आमहड्ताल आह्वान गरेका छन् । आइतबार भएको आम निर्वाचन रद्ध गर्न माग गर्दै विपक्षी पार्टीहरुले हड्ताल आह्वान गरेका हुन् ।
निर्वाचन निष्पक्ष नभएकोले रद्ध गर्नुपर्ने बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी लगायत विपक्षी दलहरुको माग छ ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा र स्वतन्त्र सरकार गठन गरी निर्वाचनमा जानु पर्ने विपक्षी दलहरुले राख्दै आएको माग सत्तारुढ अवामी लिगले अस्वीकार गरी आइतबार आम निर्वाचन गराएको थियो ।
निर्वाचनको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।