
काठमाण्डु, १९ पुस–लेबनानको राजधानी बेरुतमा शुक्रबार भएको कार बम बिष्फोटमा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । विष्फोटबाट वरपरका भौतिक संरचना र सवारी साधनहरु ध्वस्त भएका छन् ।
विष्फोटमा कस्को संलग्नता छ भन्ने खुलेको छैन । यद्यपी बेरुतको दक्षिण इलाकामा शिया चरमपंथी समूह हिजबुल्लाको प्रभाव छ । गएको हप्ता भएको कार बम विष्फोटमा सुन्नी समुदायको एक मन्त्रीसहित ६ जनाको मृत्यु भएको थियो । उनी हिजबुल्लाको आलोचक थिए ।
लेबनानका राजनीतिक दलका नेताहरुले शुक्रबार भएको विष्फोटको निन्दा गरेका छन् ।