
काठमाण्डु, १८ पुस– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले अध्यक्ष विजयकुमार गच्छदारले ब्यक्तिगत स्वार्थमा बनाएको समानुपातिकको सूचि नसच्याएर उनलाई नै हटाउने चेतावनी दिएका छन् ।
यादवले आफूहरु अर्को पार्टी खोल्ने तयारी नरहेको भन्दै निरकुंश ढंगले अध्यक्ष अघि बढेकाले उनलाई नेतृत्वबाट हटाउने बताए ।
अध्यक्षले केन्द्रीय समिति, राजनीतिक समितिलाई बेवास्ता गरेर आफ्ना आसेपासे, नातेदार, पैसावालालाई सभासदमा सिफारिस गरेका कारण मधेस मुद्दा नै कमजोर बनेको दाबी यादवले राजनीतिकको ‘र’ नजान्ने मानिस सभासद बन्दा पार्टीको अस्तित्व नै संकटमा पर्ने बताए ।