
जाजरकोट, १७ पुस – जाजरकोटको विभिन्न भागमा भारी हिमपात भएको छ । जिल्लाको नायकबाडा, रोकायगाउँ, रामीडाँडा, भगवती, टालेगाउँ, ढिमे र पैकमा हिमपात भएको हो ।
हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको स्थानीय वासिन्दाले बताएका छन् । चिसोका कारण विद्यालय पनि बन्द भएको बताइएको छ ।
हिमपात भएपछि यी गाविसमा लगाइएका तरकारीबाली, आलु, गँहु, तोरी, जौलगायतका बालीमा व्यापक क्षति पुगेको नायकबाडाका पृथ्वी विक्रम शाहीले बताए ।