
काठमाण्डु, १७ पुस – संघीय समाजवादी पार्टीले समानुपातिकतर्फका सभासदहरुको टुंगो लगाएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष अशोक राईसहित पाँच जनाको नाम तय गरेको हो ।
सोमबारसम्मको समयसीमामा सूची बुझाउन नसकेकोको समाजवादीले बुधबार सूची बुझाउने तयारी गरेको छ । संविधानसभाको चुनावमा ५ सिट जितेको संघीय समाजवादीका सभासदहरुको नामावली यसप्रकार छ ।
१. अशोक राई
२. डिवी नेपाली
३. राधा तिमिल्सिना
४. उर्मिला शाह
५ काशिकी सिद्धिकी