
काठमाण्डु, १७ पुस–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवाद मिलाउन पहल थालेका छन् । समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा बुझाएपछि उत्पन्न विवाद मिलाउन प्रचण्डले पहल थालेका हुन् ।
असन्तुष्टपक्षसँग छलफल गरी विवाद मिलाउने उनको प्रयास छ ।
बुधबार आफू निकटका नेताहरुसँग छलफल गरी असन्तुष्ट नेताहरुसँग पनि छलफल गर्ने प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।
समानुपातिक सभासदको सूचीमा आफू पक्षका नेताहरुलाई प्राथमिकता नदिएको भन्दै नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । भट्टराई र श्रेष्ठले छुट्टै छलफल गरी सूची सच्याउन प्रचण्डलाई दवाव दिने रणनीतिसमेत तयार पारेका छन् ।