
वीरगन्ज, १७ पुस–पर्साको गादि गाविसबाट प्रहरीले बुधबार विहान एकजना काठ तस्करलाई पक्रेको छ । सालको गोलिया सहित गादि गाविस ६ का गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सुगौली, पल्टेवा र रंगपुर रेन्जपोष्ट संयुक्त गस्ती टोलीले चौधरीलाई काठ सहित रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक श्याम कृष्ण केसीले जानकारी दिए ।
गादि गाविसमा पर्ने जंगलबाट हरियो सालको रुख कटान गरी लुकी चोरी काठ तस्करी हुने गरेको सूचनाको आधारमा प्रहरीले गस्ती बढाउदै लगेको छ ।