
काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव ईश्वर पोखरलले मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा महिला भएकैले राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएको बताएका छन् ।
बिबिसी नेपाली सेवासँगको कुराकानीमा पिछडिएको क्षेत्रकै महिला भएकाले उनलाई सभासद बनाएको स्पष्ट पारे ।
चन्दा दिएकै भरमा कसैलाई सभासद नबनाइएको भन्दै उनले राज्यलक्ष्मीका श्रीमान महेन्द्र गोल्छा पनि एमालेसँग निकै नजिक रहेको बताए ।
उनले पार्टीले विभिन्न क्षेत्रलाई समेट्नु पर्ने भएकाले रामकुमारी झाँक्री लगायतका नेताहरु छुटेको बताए ।