मेरो छोरीको हत्यारा सभासद भए : ओली

काठमाण्डु टुडे २०७० पुष १६ गते १०:३८ मा प्रकाशित

Hemanta Prakash Oliकाठमाण्डु, १६ पुस– एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वली सुदर्शनले जनयुद्धमा आफ्नो छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई सभासद बनाएको भन्दै त्यसको विरोध गरेका छन् ।

ओलीले पार्टीले उक्त कदम नसच्याए परिणाम सोचेजस्तो नहुने चेतावनी समेत दिएका छन् । रिपोटर्स क्लबमा ओलीले आफू २०४० सालदेखि कम्युनिष्ट पार्टीमा लागेको भन्दै आफूले गरेको त्याग पार्टीले नबुझेको आरोप लगाए ।

उनले भने, ‘जनमुक्ती सेनाको कमिसार भएर काम गरें, तीन वर्ष जेल बसें, छोरी गुमाएँ तर अहिले मेरो ठाँउमा छोरीको हत्या गर्ने रविन्द्रप्रताप शाह सभासद भए । यस्तै अवस्था रहे अध्यक्ष प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठछ ।’

पार्टीभित्र त्यागी र इमान्दार कार्यकर्तालाई पाखा लगाउन खोजिएको भन्दै उनले एकीकृत माओवादी प्रदुषित भएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us