प्रधानसेनापति जबरा बेलायत जाँदै

काठमाण्डु टुडे २०७० भदौ २० गते ८:३६ मा प्रकाशित

Gauravकाठमाण्डु, २० साउन– प्रधानसेनापति गौरव शमसेर जवरा साताव्यापी भ्रमणकालागि शुक्रबार बेलायत जाँदैछन् । सेनाध्यक्ष सर पीटर वालको औपचारिक निमन्त्रणामा जबरा नेतृत्वको ३ सदस्यीय टोली बेलायत जान लागेको हो ।

बेलायमा रहँदा प्रधानसेनापति जबराले उच्च पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणले दुई देशका सेनाबीचको मित्रता, सद्भाव तथा आपसी सहयोगको क्षेत्रलाई निरन्तरता दिने नेपाली सेनाको विश्वास छ ।

प्रधानसेनापति जबरा आउँदो २७ गते स्वदेश फर्कने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us