
काठमाण्डु, १२ पुस–अमेरिकाले अलकायदा विद्रोहीहरुसँग लड्न इराकमा दर्जनौं मिसाइल पठाएको छ । अकाशबाट जमिनमा मार हान्न सकिने ७५ वटा मिसाइल अमेरिकाले इराक पठाएको छ । आउँदो बर्षमा चालक रहित विमान पनि पठाउने अमेरिकाको तयारी छ ।
इराकी सुरक्षा बलले सीरियासँग जोडिको प्रान्तमा अलकायदा विरुद्धको अभियान जारी राखेको छ । सोही अभियानलाई सघाउने अमेरिकाले आफ्नो देशबाट मिसाइल पठाएको दुबै देशका अधिकारीहरुले पुष्टि गरेका छन् ।
अमेरिकी विदेश विभागकी प्रवक्ता जेन पास्कीले बीबीसीसँग भनेकी छन्, ‘तत्कालको लागि हेलफायर मिसाइल पठाइएको छ, अब केही दिनमै चालक रहित विमान (ड्रोन) स्क्यान ईगल पनि पठाउँछौं ।’ अमेरिका र इराकबीच सन् २००८ मा भएको सम्झौता अनुसार सहयोग गरेको उनको भनाइ छ ।