
ढाका, १२ पुस–बंगलादेशमा आउँदो महिना हुने निर्वाचनको सुरक्षालाई ख्याल गर्दै सरकारले दशौं हजार सेना परिचालन गरेको छ । त्यहाँको विपक्षी दलकी नेतृ खालिदा जियाले देशव्यापी आन्दोलन घोषणा गरेलगत्तै सरकारले सुरक्षा सतर्कता बढाएको हो ।
सेनाले विपक्षी नेतृ जियाको घरसमेत घेराबन्दी गरेको छ । उहाँको घरमा कसैलाई पनि भित्र पस्न दिइएको छैन । पूर्वप्रधानमन्त्री जियालाई नजरबन्दमा राखेको जस्तै व्यहार सेनाले गरेको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।
विपक्षी पार्टीहरुले प्रधानमन्त्री पद त्यागेर मात्रै चुनावमा जान माग गर्दै आए पनि सरकारले अस्वीकार गर्दै आएको छ ।