
काठमाण्डु, १ पुस– नेकपा–माओवादीले एक साता लामो केन्द्रीय समिति बैठकले गरेका निर्णय सोमबार सार्बजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित राज्य समितिको कार्यालयमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी माओवादीले निर्णय सार्बजनिक गर्न लागेको हो ।
दोस्रो संविधानसभा निर्वाचन बहिष्कारपछि बसेको केन्द्रीय समिति बैठकले सडक आन्दोलनको बलमा जनपक्षीय संविधान बनाउन जोड दिने नीति तय गरेको छ । संविधानसभाबाट जनपक्षीय संविधान नबन्ने निष्कर्ष निकालेको माओवादीले सर्बदलीय राजनीतिक सम्मेलन गर्नुपर्ने निर्णय गरेको छ ।