काठमाण्डु, १ पुस– काठमाण्डुमा गरिने भनिएको निःशुल्क पार्किङको व्यवस्था तत्कालको लागि स्थगित भएको छ । काठमाण्डु महानगरपालिकाले नगरका बिभिन्न स्थानमा गर्दै आएको सशुल्क पार्किङको व्यवस्था हटाएर पुस १ गते सोमबारदेखि निःशुल्क गराउने निर्णय गरेको थियो । तर, पार्किङबाट शुल्क लिदै आएका बिभिन्न क्लब तथा संघसंस्थाले महानगरपालिकाको निर्णय विरुद्ध पुनरावेदन अदालत पाटनमा रिट दायर गरेपछि आउँदो ८ गतेसम्मका लागि निर्णय स्थगित गरिएको हो ।
पुनरावेदन अदालतले आइतबार मुद्दाको अन्तिम फैसला नभएसम्म निःशुल्क पार्किङको व्यवस्था गर्ने निर्णय लागु नगर्न महानगरपालिकालाई आदेश दिएको थियो ।
महानगरपालिकाले गर्दै आएको सशुल्क पार्किङको व्यवस्था गत असार महिनामै सकिएको थियो । सो अवधि सकिएपछि यही पुस १ गतेदेखि निःशुल्क पार्किङको व्यवस्था गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।