गुलरिया, २८ मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको चिसापानी नजिक शुक्रबार विहान यात्रु बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ४५३४ नम्बरको बस बर्दिया राष्ट्रिय निकुन्ज स्थित चिसापानी पुल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेर भुरीगाउँस्थित प्रहरीको टोलीले उद्धार गरेको थियो ।