अन्तराष्ट्रिय मानव अधिकार दिवस आज

काठमाण्डु टुडे २०७० मंसिर २५ गते २:०८ मा प्रकाशित

International-Human-Rights-day-2013

काठमाण्डु, २५ मंसिर–६५ औं मानव अधिकार दिवस मंगलबार विश्वभर मनाइदै छ । ६४ बर्षअघि १० डिसेम्बरको दिन संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । यसैको सम्झनामा हरेक बर्ष १० डिसेम्बरको दिन विश्वभर मानवअधिकार दिवस मनाउने गरिन्छ ।

नेपालमा मानवअधिकारको क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थाले ‘मानव अधिकारको लागि सँगसँगै’ भन्ने नारा सहित दिवसको अवसरमा र्‍याली, गोष्ठि तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरेका छन् । दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनको शोकमा नेपाल सरकारले भने औपचारिक कार्यक्रम आयोजना गरेको छैन ।

 नेपालमा राष्ट्रिय मानव अधिकार आयोग भने पदाधिकारी विहीन छ । आयोगले सरकारलाई सिफारिस गरेको कारबाही र क्षतिपूर्तिको न्यून कार्यान्वयन हुँदा दण्डहीनता अझै बढ्ने गरेको अधिकारकर्मीहरु बताउँछन् । संक्रमणकाल लम्विदै जाँदा नेपालमा दण्डहीनता संस्कृतिकै रुपमा मौलाएको भन्दै उनीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us