
चितवन, २४ मंसिर– वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको पार्थिव शरीर उनका गृह जिल्ला चितवन ल्याइएका छ ।
मिर्गाैलाको समस्या भएपछि उनी १५ दिनदेखि बल्खुस्थित वयोधा अस्पतालमा उपचाररत रहनुभएकामा आज बिहानै उनको निधन भएको थियो । अस्पतालमा स्व. रेग्मीलाई श्रद्धाञ्जली दिन चलचित्रकर्मी एवम् कलाकारको भिड लागेको थियो ।
वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्रका माध्यमबाट सामाजिक परिवर्तनका लागि क्रियाशील रेग्मीले नयाँ कथा एवं विषयवस्तुको प्रयोग गरी चलचित्र क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको बताए ।
निर्देशक रेग्मीले ‘प्रेमपूजा’, ‘आफन्त’, ‘तीन भाइ’, ‘आफ्नो मान्छे’, ‘मुग्लान’, ‘कहाँ भेटिएला’लगायत करिब दुई दर्जन चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेका अधिकांश चलचित्र लोकप्रिय रहेको पाइन्छ ।
स्व. रेग्मीका श्रीमती, एक छोरा, दुई छोरी र एक धर्मपुत्री छन् । रेग्मीको सोमबारै साँझ देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।