विराटनगर, २३ मंसिर– मदिरा सेवनबाट यहाँका दुई व्यक्ति गम्भीर रुपमा बिरामी परेका छन् ।
बिरामी भएकाहरु कटहरी–८ निवासी वर्ष २२ का सतन क्रृषिदेव र सोही ठाउँ बस्ने वर्ष १९ का सत्यनारायण क्रृषिदेव हुन् । कटहरीको एक मदिरा पसलमा मदिरा सेवन गरिरहेका दुवैजना अचेत भएका थिए ।
दुवैजनालाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।