
झापा, २२ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको अनारमणिमा बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नम्बर नखुलेको जिपको ठक्करबाट स्थानीय रामकृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने जीपको खोजी भइरहेको जनाएको छ ।