डोल्पा, २० मंसिर- एक घरबाट सुरु भएको आगलागीले टोलैभरीका घरहरु मारमा परेको छ ।
डोल्पा जिल्ला जुफाल गाविसस्थित वडा नं ४ निवासी यक्ष ठकुल्ला र विष्णु ठकुल्लाको घरबाट सुरु भएको आगलागी फैलिँदा टोलभरीका अन्य घर समेत जलेको छ । आगलागीकाट २१ वटा घर जलेर नष्ट भएका छन् ।
सो आगलागीमा दुई करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।