
बाजुरा, १९ मंसिर– ट्याक्टर र जिप सेवा पहिलो पटक पाण्डुसैन पुगेको तीनदिन पछि पाण्डुसैनकै चाफा रुखमा पहिलो पटक ट्याक्टर सेवा पुगेको छ ।
जबरजस्ती भएपनि गाउँमा ट्याक्टर पुर्याइएपछि स्थानीय खुसी भएका छन् । उनीहरुले मंगलबार पहिलोपटक पुगेको से १ प ४९२३ नम्बरको ट्याक्टर र मालिक शेरबहादुर सिंहलाई भव्य स्वागत गरेका छन् ।
पूर्ण रुपमा बाटो बनिनसकेको अवस्थामा पनि ट्याक्टर पुगेको खुसीयालीमा गाउँलेले एक भव्य कार्यक्रम गरेको टेकबहादुर सिंहले जनाए ।