
काठमाण्डु, १८ मंसिर– सीरियामा भएको गृहयुद्धमा राष्ट्रपति बशर अल असदले मानवअधिकार उल्लंघन गरेको प्रमाण फेला परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
छानविनको क्रममा राष्ट्रपति असद र उच्च अधिकारीहरुले मानवअधिकारको गम्भीर उल्लंघन गरेको पाइएको संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तले ठहर गरेको हो ।
उच्चायुक्तले नवी पिल्लेले असाद माथि युद्ध अपराधको मुद्दा लाग्न सक्ने बताएका छन् । राष्ट्रपति असादलाई किटान गरी दोषी ठहर्याइएको यो पहिलो पटक हो ।
युद्धको क्रममा विद्रोही सेनाबाट पनि मानवअधिकार उल्लंघन भएको राष्ट्रसंघको निष्कर्ष छ ।
सीरियाका विदेश उपमन्त्री फैसल मकदादले भने राष्ट्रपति असाद र सरकारी अधिकारीप्रति लगाइएको आरोपको खण्डन गरेका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार सीरियामा भएको युद्धमा एक लाख भन्दा बढिको ज्यान गएको छ ।