
काठमाण्डु, १८ मंसिर–‘अवरोधहरु हटाऊ, सबैका लागि समावेशी समाजको मार्ग खोलौं’ भन्ने नाराका साथ २२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मंगलबार नेपालमा पनि बिभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदै छ ।
राष्ट्रिय अपाङ्ग महासंघ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा काठमाण्डुको बसन्तपुरमा प्रभातफेरी आयोजना गरिएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्ति अपाङ्गता भएका छन् भने विश्वका करिब १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारका अपाङ्गता रहेको पाइन्छ ।
अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह समान अधिकार र अवसरमा पहुँच पुर्याउने तथा हौसला प्रदान गर्ने उद्देश्यले सन् १९९२ मा संयुक्त राष्ट्रसंघले डिसेम्बर ३ लाई अपाङ्गता भएकाहरुको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।