
काठमाण्डु, १६ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले हस्तकला उत्पादन प्रवद्र्धनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
उनले स्वदेशी उत्पादन प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई बढावा दिन सरकारले ठोस नीति ल्याउने एललेख गर्दै सो बताएका हुन् । भृकुटीमण्डपमा जारी ११ औं हस्तकला मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको अवलोकनपछि रेग्मीले भने, ‘नेपाली हस्तकलाको प्रवद्र्धन तथा गुणस्तर अभिवृृद्धि गरी विश्वव्यापीकरण गर्न सरकारले आवश्यक पहल गर्नेछ ।’
नेपाल हस्तकला महासङ्घको आयोजनामा यही मङ्सिर १२ गतेदेखि सुरु भएको मेला तथा प्रदर्शनीमा २ सयभन्दा बढी व्यावसायिक कक्ष राखिएको छ । मेलामा शनिबारसम्म एक लाख ८० हजारले अवलोकन गरिसकेका छन् भने करिब पाँच करोडको कारोबार भएको आयोजकले जनाएको छ ।