घात गर्ने सातलाई कारवाही

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १३:०७ मा प्रकाशित

Nepali-Congress-Flag1315101735डोल्पा, १५ मंसिर– डोल्पा काँग्रेसले संविधानसभा निर्वाचनमा पार्टीविरुद्ध प्रचारप्रसार गरेको भन्दै सात जना सदस्यलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

निष्काशित हुनेमा बागी उम्मेदवार चन्द्रबहादुर शाही, महासमिति सदस्य दिलबहादुर विष्ट, सदस्य पुने रोकाय, ज्योतिप्रसाद पहाडी, नवराज शाही, निमा गुरुङ र कर्णबहादुुर शाही रहेका छन् ।

आफूले उक्त निर्णयमा असहमति जनाएपछि पार्टी कार्यालयमा पार्टी सचिव लवकुमार शाहीलगायतका सदस्यले ताला लगाएको कार्यालय सचिव देवीकृष्ण उपाध्यायले बताए । बैठक टुङ्गिएलगत्तै घर फर्किएकाले पार्टी कार्यालयमा ताला के कारण लगाइयो भन्नेबारे आफूलाई जानकारी नभएको पार्टी सभापति टङ्कप्रसाद उपाध्यायले बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us