सासूबाट कुटिएकी महिलालाई उपचारका लागि बाहिर पठाइयो

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १:०५ मा प्रकाशित

ताप्लेजुङ, १७ मङ्सिर–हप्तादिन अगाडि कान्छी सासूबाट कुटिएकी महिलालाई जिल्ला अस्पतालबाट बाहिर पठाइएको छ ।
टाउकोमा चोट भएको र सिटी स्क्यानको सुविधा नभएका कारण दुई दिन अगाडि अस्पताल भर्ना भएकी खाम्लुङ निवासी अनुसा लिम्बूलाई जिल्ला बाहिर पठाइएको हो । “सिटी स्क्यान गर्नुपर्छ भन्नुभो, त्यसैले धरान जान लागेकी” ट्याक्सी काउन्टरमा टिकट काट्दै गर्दा भेटिएकी उनले भनिन् ।
आफूसँग उपचार खर्च नभएकाले धरानबाट बहिनी लिन आएको बताउँदै उनले भनिन्, “बहिनी लिन नआएको भए उपचार गर्न जाने हैसियत मसँग थिएन ।” दोभान इलाका प्रहरी कार्यालयमा उपचार खर्च दिने सर्तमा मिलापत्र गरे पनि आफूले केही नपाएको उनले बताइन् । प्रहरीको दबाबमा मिलापत्र गरेको पनि अनुसाले बताउँदै आएकी छिन् ।
गत ६ गते उनलाई कान्छी सासू आइतमाया लिम्बू र जेठानी पूर्णमायाले कुटपिट गरेका थिए । कुटपिटबाट आँखामा असर परेको र स्पष्टसँग देख्न नसकेको उनले बताएकी छिन् ।
श्रीमान कुवेतमा श्रीमती सासु र नन्दको कुटाइपछि अस्पतालमा

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा सासु र नन्दको कुटाइबाट घाइते दुई महिला अस्पताल भर्ना भएका छन् ।
ताप्लेजुङ्ग सदरमुकाम फुङलिङ–४ स्थित ४६ वर्षीया गीता लिम्बू र खुम्लुङ–३ निवासी २६ वर्षीया अनुशा लिम्बू जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् । गीता सासु र दुई जना नन्दबाट कुटिएकी हुन् भने अनुशा सौतेनी सासुबाट कुटिएकी हुन् ।
चार दिन अगाडि सासु असारमतीको कुटाइबाट घाइते भएकी गीतालाई बिहीबार बेलुकी फेरि सासुसहित दुई जना नन्दहरु बसन्ती र गंगा मिलेर कुटपिट गरेपछि शुक्रवार बिहान उपचारका लागि अस्पताल भर्ना गरिएको हो । आफँै अस्पताल आउन नसकेकी गीतालाई छिमेकीले बोकेर अस्पताल ल्याएका हुन् ।
बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको हुन सक्ने अस्पतालका सञ्जय साहले बताए । सासु र नन्दद्वारा पटकपटक कुटाई खाए पनि घरायसी इज्जत र डरका कारण कसैलाई नसुनाएको उनले बताइन् ।
उनले भनिन्, ‘एक वर्षयता धेरै पटक कुटाइ खाएँ, पतिलाई पनि सुनाइन्, त्यही घरमा बस्नुपर्ने फेरि कुट्छन् भन्ने डर लाग्यो ।’ धेरै कुटाइ खाएपछि पतिलाई सुनाएको उनले बताइन् । यसरी नै एक पटक नजिकैको आमा समूहमा आफ्नो कुरा राख्दा घरमा थाहा पाएर फेरि कुटेको बताईन् । उनले भनिन् “बाहिर उजुरी गरेर घर पुग्दा नपुग्दै फेरि कुटाइ पाइन्छ, अनि के गर्ने ?”
उजुरीपछि आउने समस्याको डरका कारण चुपचाप बसेको बताउँदै उनले भनिन् “उहाँले पनि फोनमा उजुरी गर्न भने, पीडक विरुद्ध उजुरी दिन्छु, डिस्चार्च भएलगत्तै प्रहरीमा जान्छु ।’ अहिले उनमा उजुरी दिने हिम्मत आए पनि घर जाँदा फेरि कुटाइ पाइने डर भने छँदैछ । एक छोरा र एक छोरीकी आमा गीताका पति रोजगारको सिलसिलामा कुवेतमा छन् ।
घर एउटै भएपनि उनी छुट्टिएर बसेकी छिन् । छुट्याउन जाँदा ढोका थुनेर कुटपिट गरेको नाम नखुलाउने सर्तमा छिमेकीले बताए । छिमेकी भन्छन्, ‘गीताले कुटाई खाएको अहिलेसम्म सुनाएकी छैनन् तर छिमेकीको नाताले थाहा पाउथ्यौँ, सम्झाउन खोज्दा उनको सासुले अर्काको पारिवारिक कुरामा चासो नदेआँे भन्थिन् ।” गीताले भनिन्, ‘मलाई स्टेचरमा ल्याउने क्रममा सासुले अवरोध गर्न खोजिन्, यस्तो अवस्थामा फर्केर घर फर्कन सक्दिन,अब म के गरु ?’ एकातिर घरमा फर्किएर वस्ने वातावरण नभएको अर्कोतिर उजुरी गर्ने बारे राम्रो थाहा नहँदा आफुलाई पीडा माथि पीडा भएको उनले सुनाईन् ।
यस्तै सासुको कुटाइबाट घाइते भएकी खाम्लुङकी अनुशाको अवस्था गंम्भिर छ । उनको टाउँको र आँखामा चोट लागेको छ भने आँखाको वरिपरिको भाग सुन्निएको छ । उनका सासु आइतमायाले हातमा ढुङ्गा राखेर निधार र टाउकोमा हिर्काएको घाइते अनुशाले बताईन् । उनी मङ्सिर ६ गते बेलुकी कुटिएकी हुन् ।
उनले भनिन्, ‘कुटाइ खाएको पर्सिपल्ट अस्पतालमा जाँच गरी औषधि लिएर फर्किए, औषधि सेवन र सेकताप गर्दा निको भएन, त्यसैले छिमेकीले अस्पताल ल्याएका हुन् ।’ उनलाई दोभानबाट गाडीमा उपचारका लागि ल्याइएको हो । कुटिएको भोलिपल्ट दोभान प्रहरीमा उजुरी गरेको भएपनि प्रहरीको दवावमा उपचार गर्ने सर्तमा मिलापत्र गरेको उनको भनाइ छ ।
विगत सुनाउँदै उनले भनिन,‘उजुरी दिएको दोभानमै आफन्तकोमा सुतिरहेको थिएँ, दिउँसो प्रहरी आए र चौकीमा लगेर मिलापत्र गराए ।’ उनले भनिन्,‘ छ महिनादेखि पतिको धरानमा उपचार भइरहेको छ, म अस्पतालमा छु, आपूm पनि अस्पताल भर्ना हुनुपर्दा घर विजोग छ ।’ उनका पति रविनलाई केही समयअघि गाउँकै युवाले घुँडामा खुकुरी प्रहार गरी घाइते बनाएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us