एमालेको कुटाइबाट क्रान्तिकारी नेताको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ३:१७ मा प्रकाशित

Netra-Oliकाठमाण्डु, १२ मंसिर–नेकपा एमालेका कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सहसचिव नेत्र वलीको उपचारको क्रममा मृत्यु भएको छ ।

चुनाव प्रचारको क्रममा गृहजिल्ला रुकुम गएकाबेला वलीलाई एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए । टाउकोमा गहिरो चोट लागेका वलीको उपचारका क्रममा बुधबार विहान काठमाण्डुको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us