
काठमाण्डु, १० मंसिर–महिला हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट शुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा पनि गत बर्ष जस्तै ‘घर शान्ति नै विश्व शान्तिको आधार ः दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ नारा तय गरिएको छ । नेपालमा भने महिला विरुद्ध हुने सबै हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं’ भन्ने नारा सहित अभियान सन्चालन गरिएको छ ।
१६ दिनसम्म महिला हिंसाविरुद्ध भैरहेका प्रयासका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने, हिंसा रोक्न अपनाउने रणनीति बनाउन तथा पीडितलाई समयमै न्याय र पीडकलाई कारवाही गर्न ध्यानाकर्षण गराउने लगायत कार्यक्रम गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ ।
अभियानको सुरुआतमा आयोगले सोमबार विहान काठमाण्डुमा गैर सरकारी संस्थाहरुको सहकार्यमा र्याली निकालेको थियो ।